प्राइम बैंकको नौ महिनामै २ अर्ब ३ करोडको नाफा


Yukta

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको नौं महिनामा २ अर्ब ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कोरोनाको संकटमा त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने दोस्रो बाणिज्य बैंक बनेको छ । मंगलबार सिटिजन इन्टरनेशनल बैंकले वित्तीय विवरण प्रकाशन गरेको थियो ।
बैंकले दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ कमाएको थियो । सोही अवधिको तुलनामा करिब ४८ करोड २७ लाख ७० हजार रुपैयाँ बढी कमाएको छ । बैंकले यस आवको तेस्रो त्रैमासमा ७२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही तीन महिनामा बैंकले ४८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालू अवको नौं महिनासम्म बैंकले ३ अर्ब ३४ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७३ करोड ९३ लाख २७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ६९ करोड ७० लाख ५० हजार रुपैयाँ बढेको हो ।