बालबालिकामा देखिने तनाव, लक्षण र यसको समाधान !


Yukta

काठमाडौँ । तनाव जोसुकैलाई हुनसक्छ । ठूलालाई आफूले सोचको कुरा नपाउँदा तनाव हुने गर्छ भने बालबालिकालाई आफूले चाहेको खेलौना नमिल्दा, खेलौना हराउँदा, भोक लाग्दा, मन नपर्ने खाना जर्बजस्ती खानुपर्दा, होमवर्क नसकिने डर, टिचरले सोध्ने डर, पढेन भनेर शिक्षकले सजाय दिने त्रास, परिवारले आफूले चाहेको कुरा किनिदिएन भने तनाव हुने गर्छ ।

त्यस्तै, आमाबाबु अफिस जादाँ, वरिपरिको वातावरणको प्रभावका कारण, स्कुल जान मन नलाग्दा पनि तनाव हुने गर्छ । त्यसबाहेक, अभिभावकको लगातारको निगरानी, अभिभावकले वास्ता नगर्ने समस्या तथा आफूले भनेका कुरालाई महत्व नदिदा पनि बालबालिकालाई तनाव हुने गर्छ । बच्चालाई तनाव भएमा टाउको दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, जीउ दुख्ने, डरलाग्ने, डिप्रेसन हुने लगायतका समस्या निम्तने गर्दछ । कुनै कुरा, जसले मन तथा शरीरलाई असर पार्छ भने त्यसलाई तनाव भनिन्छ । तनाव दुई किसिमका हुन्छन्, सकारात्मक तथा नकारात्मक तनाव । सकारात्मक तनावले हाम्रो मस्तिष्कलाई सकारात्मक काम गर्न उत्प्ररित गर्छ भने नकारात्मक तनावका कारण हामीभित्र संचित रहेको भडास बाहिर पोखिने गर्छ । तनाव विभिन्न कारणले उत्पन्न हुने गर्छ । परिवार, पैसा, स्कुल, पढाईलेखाई यी यावत् कुराहरुका कारण मानिसलाई तनाव हुने गर्दछ ।

देखिने लक्षण
बाल्यावस्थामा तनाव उत्पन्न हुदाँ विभिन्न लक्षणहरु देखा पर्ने गर्छ । तर बालबालिकालाई तनावबारे महसुुस नहुदाँ उनीहरुले आफूलाई भएको तनाव बताउन सक्दैनन् । यस्तो अवस्थामा अभिभावकको कर्तव्य बन्छ, उनीहरुको व्यवहारमा आएको परिवर्तनबारे निगरानी गर्ने र उनीहरुमा देखिएको तनावलाई कसरी हुन्छ कम गर्ने । यसका लागि बाल्यकालमा हुने तनावको लक्षण थाहा पाउन जरुरी छ ।

-अचानक फरक तरीकाले व्यवहार गर्नु

-विरामी परिरहने ९टाउको दुख्ने, पेट दुख्ने०

-नङ्ग टोक्ने, औला चुस्ने, आत्तिए जस्तो गर्ने

-धेरै खाने वा कम खाने

-ओच्छ्यानमा पिसाब फेर्ने, बच्चाले झै बोल्ने, बचपना गर्ने, बालहठ

-अरुलाई हानी पुर्‍याउने, तोडफोड गर्ने

-नबोल्ने, एकलै बस्ने रुचाउने

-रोइरहने

 कम गर्ने उपाय

कुनै पनि बच्चालाई तनाव नलिन भन्नु आफैमा गलत हो । बच्चाहरुले कहिल्यै पनि चाहेर तनाव लिदैनन् । उमेर अनुसार आवश्यक्ता बढेसँगै त्यो आवश्यक्ता पूरा नहुदाँ तनाव उत्पन्न हुन्छ । यस्ता समस्यासित बालबालिकाले जुध्न चाहेपनि नसकेपछि उनीहरुमा स्वतः तनाव हुने गर्छ ।

उदाहरणको लागि एउटा शिशुको लागि एउटा खेलौना तनावको कारण बन्नसक्छ भने, उसलाई मन नपर्ने विषय तनावको कारण बन्न सक्छ । त्यस्तै, उसले पाउने माया, आत्मीयता, ईष्या तनावको कारण बन्न सक्छ । यस अर्थमा जबसम्म एउटा बच्चालाई ‘सेयरिङ्ग’ भनेकै ‘कियररिङ्ग’ हो भन्ने बुझ्दैन, उसमा तनाव कम हुँदैन । यस्ता बच्चालाई तनाव कम गर्न तथा तनावसित सामना गराउन विभिन्न उपाय अपनाउनु पर्छ ।

समाधान

अभिभावकलाई बाल्यापनमा हुने तनावबारे जानकारी दिएर पनि बालबालिकाको तनाव व्यवस्थापनमा सघाउ पुर्‍याउन सकिन्छ । उनीहरुको आवश्यक्ता पूरा गरेर, उनीहरुलाई सहीरगलत , राम्रोर नराम्रोको फरक छुट्याउन सिकाएर पनि उनीहरुको तनाव व्यवस्थापन गर्न सकिन्छ । त्यस्तै, उनीहरुको समस्या सुनेर, उनीहरुसित कुरा गरेर, प्रोत्साहन गरेर, उत्प्रेरणा दिएर तथा प्रशंसा गरेर पनि तनाव व्यवस्थापन गर्न सकिन्छ । त्यसबाहेक, जीवनमा आएका परिवर्तनबारे अवगत गराएर, डर,त्रास सामान्य हो भनेर बुझाएर, तनाव रहित वातावरण सिर्जना गरेर, बच्चालाई एक्लो अनुभव गर्न नदिएर पनि उनीहरुको तनावलाई व्यवस्थापन गर्न सकिन्छ ।