वीरगञ्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु ! मृत्यु हुनेको संख्या ४४ पुग्यो


Yukta

उप-सम्पादक

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारार्थ ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको हो । वृद्धा मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।

साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा रिफर गरिएको थियो । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।