बालुवाटारमा ‘इनफ इज इनफ’को प्रदर्शनमा प्रहरी धरपकड (फोटो फिचर)


नेपाल कुरा

काठमाडौं । कोभिड १९ को रोकथाम र नियन्त्रणमा सरकारी प्रभावकारीताको माग गर्दै बालुवाटारमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शुक्रबार दिउँसो ‘इनफ इज इनफ’अभियानले प्रधानमन्‍त्री निवास बालुवाटार अगाडि गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ।

प्रहरीले ५२ जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालिएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

आफ्नो काम विशेषले सडक हिँडिरहेका बटुवालाई समेत प्रहरीले नियन्‍त्रणमा लिएको छ। कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारीताको माग गर्दै ‘इनफ इज इनफ’ अभियानका युवाहरु युवाहरु १३ दिनदेखि अनसनरत छन्।

तस्वीर : इनअफ इज इनअफको ग्रुपबाट