सिंहदरबारमा कोरोनाको डर, सर्वसाधारणलाई प्रवेशमा रोक


नेपाल कुरा

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेशमा थप कडाइ गरेको छ।
बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो ।

कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई रोक लगाएको गृहमन्त्रालयका प्रवक्ता
चक्रबहादुर बुढाले जानकारी दिए । उनले सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको बताए ।

‘अत्यावश्यक काम रोकिँदैन, तर भेटघाट, गफगाफका लागि आउनेलाई भने रोकिएको हो’, उनले भने ।

यसैगरी प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउने उनले बताए।