निषेधाज्ञाको चौथो दिन : मुख्य सडक सुनसान छिटफुट मानिसहरु भित्रि सडकमा


Rai

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि लागु गरिएको निषेधाज्ञाको आज चौथो दिन । मुख्य सडकहरुमा मानिसहरुको चहलपहल शुन्य जस्तै देखिन्छ । भित्रि सडकहरुमा भने मानिसहरुको चहलपहल छिटफुट रुपमा देख्न सकिन्छ ।


अत्यावश्यक सामग्रीका ढुवानीका सवारीसाधन, दुध पानी तथा एम्बुलेन्स, सञ्चार माध्यमका सवारीसाधनहरु भने सडकमा देखिन्छन् । निषेधाज्ञा अवज्ञा गरि सडकमा निक्लनेहरुलाई प्रहरीले कारवाही समेत गरिरहेका छन् ।