पूर्वसचिव महेश दाहालको अध्यक्षतामा राजस्व बोर्ड गठन


नेपाल कुरा

काठमाडौं । सरकारले पूर्वसचिव महेश दाहाललाई राजस्व बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । गतसाताको मन्त्रिपरिषद बैठकले दाहाललाई अध्यक्ष र पूर्व सहसचिव निर्मलहरि अधिकारीलाई सदस्यमा नियुक्त गरेको हो । तीन सदस्यीय पदाधिकारी रहने बोर्डमा १ जना सदस्यको पद अझै खालि छ ।

उनीहरूको पदावधि ४ वर्षको हुनेछ । बोर्डले राजस्व सम्बन्धी नीतिगत काम गर्ने तथा सरकारलाई परामर्श तथा सिफारिस गर्न सक्ने छ । यससँगै अब हरेक वर्ष बजेट निर्माणका बेला बनाउने राजस्व परामर्श समितिको औचित्य सकिएको छ ।

२०५२ असार २७ मा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको राजस्व बोर्डको परिकल्पनालाई मूर्त रूप दिन सरकारले पदाधिकारी नियुक्त गरेको हो ।