फुटबल स्टार नेयमार कोरोना मुक्त


Rai

एजेन्सी । कोरोना भाईरसको संक्रमणबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार मुक्त भएका छन् । नेयमारले शुक्रबार आफु कोरोना भाईरसबाट मुक्त भएको बताएका छन् ।

ब्राजिलियन स्टार नेयमारले ट्वीटरबाट आफु कोरोना मुक्त भएको बताएका हुन् । नेयमारले कोरोनाबाट मुक्त भएर आफु टिमको प्रशिक्षणमा फर्किएको समेत बताएका छन् । एक साता अघि नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।

फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको थियो । यस्तै पछिल्लो पटक पीएसजीका अर्का स्टार केलियन एमबाप्पेलाई समेत कोरोनाको संक्रमण देखिएको छ ।

उनीहरु आइसोलेसनमा बसेका छन् ।