पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिए


नेपाल कुरा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३६४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १३८० पुरुष र ९८४ महिला रहेका छन् । योसँगै संक्रमित हुनेको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

यस्तै सोही अवधिमा तीन हजार ३८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २४ हजार ८६२ जना निको भएका छन् । हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको हो ।