भारतीय सेनाध्यक्ष नरवणेको त्रिभुवन विमानस्थलमा नेपाली सेनाद्वारा स्वागत (तस्बिरसहित)


नेपाल कुरा

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

भारतीय सेनाको विशेष विमानमार्फत पत्नीसहित चार सदस्यीय टोलीको नेतृत्व गर्दै उनी नेपाल आएका हुन्। उनलाई नेपाली सेनाका रथी प्रभुराम शर्माले

त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनको आज काठमाडौंमा कुनै औपचारिक कार्यक्रम छैन ।

भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिह्‍नसमेत लगाउने कार्यक्रम छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनको भेटघाटको कार्यतालिका छ ।