बाइडेन र ह्यारिसलाई विश्वभरबाट बधाइको ओइरो


hina

एजेन्सी । जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा विश्वका नेताहरुले बधाइ दिएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाइ दिँदै उनीहरुसँग काम गर्न आफू तयार रहेको बताएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले जलवायु परिवर्तन, व्यापार र सुरक्षालगायतका मामिलामा बाइडेन र ह्यारिससँग मिलेर काम गर्ने बताएका छन्। लण्डनका मेयर सादिक खानले दुवैलाई बधाइ दिँदै अब पर्खाल नभई पुल बनाउने समय भएको उल्लेख गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गैरकानुनी कर छली अन्त्य र अफगानिस्तानमा शान्ति स्थापनाका लागि मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् ।

यस्तै, कतारका अमिर शेख तामिम विन हमाद अल थानि, इरानका उपराष्ट्रपति इसाघ जहाँगिरी, जोर्डनका राजा अब्दुल्लाह द्वितिय, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले बधाइ दिएका छन् ।