आईओएसको १४.२ आईफोनमा देखिन थाल्यो समस्या, तीस मिनेटभन्दा कम चलाउँदा पचास प्रतिशत ब्याट्री घट्ने


Yukta

काठमाडौं । एप्पलले सार्वजनिक गरेको आईओएस १४.२ भर्सन सँगै आईफोनको ब्याट्रीमा समस्या देखिन थालेको छ । टेकराडारका अनुसार आईफोनका पुराना मोडल आईफोन एक्सआर, आईफोन एक्सएस, आईफोन एक्स, आईफोन सेभेन र आईफोन एसईमा यस्तो किसिमको समस्या देखिएको हो ।

प्रयोगकर्ताका अनुसार नयाँ आईओएस र आईप्याड ओएस अपडेट भएका आईफोन र आईप्याड तीस मिनेटभन्दा कम चलाउँदा समेत पचास प्रतिशतले ब्याट्री घटिरहेको छ । त्यतिमात्र नभएर आईप्याड ओएस १४.२ सफ्टवेयरमा पनि यस्तै समस्या रहेको उल्लेख गरिएको छ ।

जसले गर्दा नयाँ अपडेट भएका आईप्याड प्रयोगकर्ताले पनि अपडेटसँगै ब्याट्री चाडैँ घट्ने समस्या भोगिरहेको उल्लेख छ । एप्पलले गत नोभेम्बरमा नयाँ आईओएस १४.२ सार्वजनिक गरेको थियो ।