संसारमै पहिलोपटक ‘करस पद्दती’बाट प्यारालाइसिस रोग निको पार्दै ७३ बर्षीय चित्रबहादुर, निको भएका रोगी भन्छन्, ‘उहाँ हाम्रो देउता’


Yukta

काठमाडौँ । एक ७३ बर्षीय चित्रबहादुर पौड्याल नाम गरेको बृद्धले सारा संसारका चिकित्सकहरुलाई चुनौती दिएका छन् । संसारमै कतै कहीँ प्रयोगमा नआएको ‘करस पद्दती’बाट चित्रबहादुर पौड्यालले धमाधम प्यारालाइसिस रोगीहरुको सफल उपचार गरिहेका छन् । डाक्टरले पनि ठीक पार्न नसकेका प्यारालाइसिस, नशा च्यापिएको रोगलाई केही दिनको उपचार मार्फत पुरै निको पार्न उनी सफल भएका हुन् । उनले यो पद्दती संसारमै पहिलोपटक उनले आफैले आविष्कार गरेको र यस पद्दतीबाट नशा सम्बन्धीे जस्तोसुकै रोगलाई पनि निर्मूल पार्न सकिने ठोकुवा गर्छन् ।

अहिलेसम्म धेरै विरामीहरुलाई नयाँ जीवन दिन सक्षम भइसकेका उनले डाक्टरहरु समेत उनकोमा आएर यस पद्दतीद्धारा सफल उपचार गरेर फर्केको बताउँछन् । गाह्रो विरामीहरुको घरमै गई उपचार गर्ने गरेका उनले विरामीको दक्षता अनुसार थोरै पैसामै उपचार गर्ने गरेको नेपालकुरा मिडियालाई जनाकारी गराए । काठको प्रयोग गरी उपचार गरिने यस अनौठी शैलीले धेरै रोगीहरुको जीवनमा आमुल परिवर्तन ल्याएको पौड्याल बताउँछन् ।

प्यारालाइसिस जस्तो रोग भएको व्यक्ति पनि केही दिनमै यो पद्दतीको उपचारबाट हिँड्न र बोल्न सक्ने भएको उनी बताउँछन् । नभन्दै उनीद्धारा निको पारिएका काभ्रे पाँचथल घर भएको राम बहादुर परियार नाम गरेको व्यक्लिे पुरै घर रित्याएर २२ लाख खर्चेर पनि निको नभएको प्यारालाइसिस केही दिनमै पौड्यालको ‘करस पद्दती’बाट निको भएको बताए । उनले चित्रबहादुरले प्रयोग गरेको विधि आफुले पहिले कहिले नसुनेको र नदेखेको र यस पद्दतीबाट केही दुखाई पनि नहुने बताउँछन्  ।

उनले पौड्यालको यस कार्यलाई आफु निको भएपछि सारा संसारमा छर्ने पनि घोषणा गर्छन् । त्यस्तै मकवानपुर जिल्ला लोथा घर भएका र हाल काठमाडौँ विष्णुमती पुलमा चप्पलको ब्यापार गर्दै आइरहेका रविन प्रजा नाम गरेका अर्का एक व्यक्तिले पनि आफु पहिले पुरै प्यारालाइसिसबाट ग्रस्त भएको अवस्थामा पौड्यालले उनलाई पुर्नजिवन दिएको बताए । आफु चलहल र बोल्न नसकेको अवस्थामा पौड्यालको १४ दिनको थेरापीबाट आफुले नयाँ जिवन पाएको प्रजा बताउँछन् ।

त्यसैलेत उनी भन्छन्, ‘बाबा मेरो लागि देउता’ । यस्तैमा कतै कहीँ नसुनेको यस करस थेरापी आफुमै एउटा चमत्कार भएको स्वयं पौड्याल बताउँछन् । साइन्सले समेत यस्को महत्व नबुझेको र भविष्यमा यस्को प्रयोगबाट धेरैले पुर्नजिवन प्राप्त गर्ने उनको दावी छ । मौका मिले आफुले धेरैलाई यस पद्दती सिकाएर स्वयं उपचार गर्न सकोस् भन्ने उनको ठूलो इच्छा छ ।

नेपाललाई यस पद्दतीबाट विश्वभर चिनाउन सरकारसमक्ष सहयोगको हात बढाउँदा सरकारले उनको बेवास्ता गरेका उनकोे जिकिर छ । त्यसैले बाँचुञ्जेल आफुले हिम्मत नहारी स्वयं व्यक्ति व्यक्तिलाई निको पार्दै हिँडिरहेको उनी बताउँछन् । सयौँजना विरामीहरुलाई यस पद्दतीद्धारा निको बनाइसकेका पौड्यालले वि.सं २०४८ सालमा बिना इन्धनमा मेसिन चलाउने सोच पनि ल्याएका थिए जसलाई उनले त्यो बेला छलफल साप्ताहिक लगायत अरु पत्रिकामा समाचारको रुपमा छापेका थिए । तर कतैबाट उनलाई प्रोत्साहन नमिलेको उनी बताउँछन् ।

यस्तैमा राज्यपक्षबाट कुनै चासो नभएका कारण उनको यो आविष्कार सोचमै विलिन भएको उनी बताउँछन् । आफुलाई पुरै भगवानबाट संचालित भएको बताउने उनले प्रभूले जता जता दोहोर्याउँछ आफु उतै-उतैतिर डोरिने बताउँछन् । यस्तैमा यूवा पुस्ताले उनलाई साथ दिएमा उनको यो पद्दतीलाई सारा संसारले बुझेर अँगाल्ने कुरामा विश्वस्त रहेको उनले नेपालकुरा मिडियालाई जनाकारी गराए ।

समाचार : रुपक शाक्य

https://www.youtube.com/watch?v=RjRVGNpLr3M&t=464s