काठमाडौं । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा आज देशभर बिद्याकी देवी सरस्वतीको पूजा गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक गई परम्परानुसार वसन्त श्रवण गरेकी छन्। सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन् ।
राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो। वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतको सहभागिता थियो ।
तस्विर प्रधानमन्त्रीको सचिवालय