यसरी त नमास्नु ! (कबिता)


Yukta

गल्ती धेरै भइ सक्यो,
चिस्यान निकै बढिसक्यो!

चिस्यान बढेर जाँदा झनझन,
खडेरी पो देखिन्छ त१ हो किन?

अग्ला अग्ला यी मनहरु
ओइलाएर मरिसके!
सग्ला सग्ला ती पातहरु
गलेर माटो बनिसके!

यस्तै खडेरीमा पनि फेरि!
मुलफुटि खोला बन्यो कसरी?

बढ्यो खोलो बन्यो यहाँ नदी!
कोही छन् किनारमा वारि त !
कोही लागे पारि ग्याँदी!

दुई किनारका बिचमा छ ठूलो धार!
बगेको छ अर्कोलाई भनी निमोठ वा पछारू!

कसरी हो कसरी !
खडेरी मै यत्रो नदी?
दङ्गै छ विज्ञान
देखेर यस्तो त्रासदी!

बालि सारा सुकिसके
मानिसहरु कयौं ती
दुलादुलामा लुकिसके!

तिमी पारि, म वारि!
हामीले नै डढायौँ नि,
हाम्रा मेहनतका
यी हरिया घरबारी !

एकले आर्कोलाई
लघारि लघारि!
थोपर्ने दोष अरुलाई
भाका मिलाई, स्वर पघारि!

बढ्दै गएछ नदी ह्वाल्लह्वाल्ल!
बुझ्ज्रुकहरु पनि छन् रनभुल्ल!

पूल बने पनि तोड्छन् होला बमले!
ठोक त्यसलाई भन्ला निष्ठुरी मनले!

मनहरु किन कसरी त्यस्तो भयो ?
मान मर्यदा अब कहाँ के पो रह्यो ?

हुने थिएन हुन भनी यहाँ यस्तो!
लाग्लानि पछि कुनै दिन
मनभोरि दुखेसै दुखेसो!

भन्छन् दुनियाँ यहाँ कति पो हाँस्नु!
कस्तै शत्रुलाई पनि यसरी त नमास्नु!

-गणेश राज वस्ती
देवचुली-१४, छत्तीसघरे, नवलपरासी (ब.सु.पू.)