सुनको मूल्यमा सामान्य गिरावट


नेपाल कुरा

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।