वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न एक अर्बको प्रलोभन आयो : मन्त्री आले


नेपाल कुरा

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्नका लागि आफुलाई एक अर्ब रुपैयाको आर्थिक प्रलोभन आएको खुलासा गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आर्थिक प्रलोभन आएको दावी गरेका हुन् ।
गत माघ ११ गते बसेको मन्त्रीपरिषद् बैठकले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो ।

मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र बनका केही बद्मास कर्मचारीले भेट्न प्रयास गरेको तर आफुले कसैलाई पनि नभेटी वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको बताए । प्रधानमन्त्रीले वैज्ञानिक बन कार्यक्रम खारेज गर्नका लागि आफुलाई वन मन्त्रालयको जिम्मेवारी दिएको उनको भनाइ छ ।