शेयर बजारमा भारी गिरावट, दुई बाहेक अन्य सबै समूह राताम्मे


Yukta

काठमाडौं । साताको चौथोे दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएकोे छ । नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २ हजार ४ सय १६ मा आइपुगेको छ । मंगलबारको तुलनामा कारोबार रकममा थोरै वृद्धि देखिएको छ ।

नेप्सेका अनुसार आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको छ भने ६ अर्ब २५ करोड ४८ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज १३ समूहमध्ये २ वटा समूहको सूचकमात्र हरियो देखिएको छ । अन्य समूह, जीवन तथा निर्जीवन बिमा, लगानी समूह लगायत बढी प्रभावित भएका छन् ।

साल्ट ट्रेडिङ र चन्द्रागिरि हिल्सको भाउ १०५ बढेर सर्किटमा कारोबार भएको छ । खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसको झन्डै ३० करोड रुपैयाँको खरिदबिक्री भएको हो । दोस्रो र तेस्रोमा क्रमशः एसियन लाइफ इन्सुरेन्स र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।