सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा भोलि विद्युत अवरुद्ध हुने


नेपाल कुरा

सुर्खेत । कर्णालीका चार जिल्लामा भोलि (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार
सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लामा भोलि बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पूर्णरुपमा विद्युत अवरुद्ध हुनेछ ।

अत्तरिया ग्रिड शाखाले कोहलपुर १३२ केभीए सवस्टेशनको ३३ केभी साइडको ट्रान्सफर्मरदेखि बसबारसम्मको कन्डक्टरहरु बदली (अपग्रेड) गर्नुपर्ने भएका कारण विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।