विश्व बैंकको प्रक्षेपण : नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने


Yukta

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२१/२०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार विज्ञप्ती जारी गरी सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने जनाएको छ ।

दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा बंैकले गरेको छ । जीडीपी वृद्धि हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको बढोत्तरी कारण रहेको उल्लेख छ ।

दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारणले भएको विश्व बैंकले जनाएको छ । । साथै दक्षिण एसिया मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा राखेकोले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुर्‍याएको विश्व बैंकको भनाइ छ ।