अभिनेत्री प्रियंका कार्की आमा बन्दै


Yukta

काठमाडौं । अभिनेत्री प्रियंका कार्की चाँडै आमा बन्ने भएकी छन् । उनले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा पति आयुषमान देशराज जोशीसँग बेबी बम्पवाला तस्वीर राख्दै आफू गर्भवती बनेको उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् ‘यू कान्ट स्टप आस्किङ नाउ, एस, वी आर प्रेग्नेन्ट, थ्यांकयू युनिभर्स ।’

प्रियंका र आयुसमानले २०७६ को फागुन १५ मा विवाह गरेका थिए ।