टिप्पर चालकमा लागुऔषध चेकजाँच गर्न थालियो


Cosmic

काठमाडौँ ।  टिप्पर चालकले टिप्पर चलाउँदा लागूऔषध प्रयोग गर्ने गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले टिप्पर चालकहरूमा लागूऔषध चेकजाँच सुरु गरेको छ । प्रहरीले बिहीबार साँझदेखि टिप्पर चालकमा लागूऔषध चेकजाँच गर्ने अभियान सञ्चालन गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले रातको समयमा चल्ने टिप्पर चालकहरूले लागूऔषध प्रयोग गरी टिप्पर चलाउने गरेको जनगुनासो आएपछि उनीहरूले लागूऔषध प्रयोग गरे नगरेको जानकारी लिन चेकजाँच गर्ने काम सुरु गरिएको बताए ।

उनले जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले बिहीबार साँझ बनेपामा चेकजाँच कार्यक्रम सञ्चालन गरेको बताए । उनले प्रहरीले मादकपदार्थ सेवन (मापसे) को चेकजाँच गर्ने क्रमलाई बढावा दिएपछि टिप्पर चालकहरूले लागूऔषधको चेकजाँच नहुने भएपछि लागूऔषध प्रयोग गरेर सवारी चलाउने गरेको गुनासो आएपछि लागूऔषध चेकजाँच गर्ने अभियान सञ्चालन गरिएको बताए । प्रहरी नायब उपरीक्षक खतिवडाले प्रहरी प्रधान कार्यालयको योजनालाई सफल बनाउन अभियान सञ्चालन गरिएको बताए । गोरखापत्रमा खबर छ ।