काठमाडौँ । दिल शोभा श्रेष्ठ नेपाली समाजमा एउटा आदरणीय र परिचित नाम भइसकेको छ । आफ्नो सारा जिवन दिनदुःखी आमा तथा अनाथ बालबालिकाको सहयोगार्थ उनले अर्पण गर्दै आइरहेकी छिन् । पहिलेदेखि आफु पनि जिवनमा धेरै दुःखहरुको सामना गर्दै हुर्केकी श्रेष्ठले वि.सं २०५६ सालमा काठमाडौँको सोल्टीमोडको आफ्नै घरमा आमा घर नामक सामाजिक संस्था दर्ता गराइन् ।
त्यसपछि उनले निरन्तर रुपमा सहयोगी भावनाले ओतप्रोत हुँदै समाजबाट अपेहेलित आमाहरुलाई संरक्षण दिने काममा अघि बढ्दै आइरहेकी छिन् । धर्ती देखाउने आमा बाबालाई माया गर्नुपछ, मरेपछि श्राद्ध होइन, जिउँदै श्रद्धा गर्नुपर्छ भन्ने नारा लिएर अनवरत रुपमा आफ्नो ढल्किदो उमेरमा पनि सहाराबिन बृद्धा आमाहरुलाई आमाघरमा ल्याएर आश्रय दिई सामाजिक सेवामा ठूलो टेवा पुरयाउँदै आइरहेकी छिन् ।
बिहानै उठेदेखि राती नसुतुञ्जेल आमाहरुको सेवामा तल्लिन रहन्छिन् । सबैलाई प्रेममा बाँड्न कुनै पनि हालतमा चुक्दिनन् उनी । ‘आश्रम बनाउने होइन आश्रय दिनुपर्छ, धर्ती देखाउने आमा बाबुलाई माया गर्न के धर्ती उचाल्नुपर्छ ? के सुनको ढिक्का दिनुपर्छ ?’ भन्ने भावनालाई अंगिकार गर्न आफुले कुनै पनि कसर नछोडेको उनी बताउँछन् ।
मद्दतको लागि आफुले सक्दो गर्ने र नसकेको समुदायस्तरबाट सहयोग लिने गरेको उनी बताउँछन् । त्यसैले सहयोगको हातहरु एकपछि अर्को गर्दै त्यहाँ ओइरिरहेको देख्न सक्छ । जसका कारण त्यहाँ आश्रित आमाहरुलाई खानाको केही गाह्रो देखिँदैन । कसैले दूध दिएर, पानी दिएर, कसैले एकदिन भएपनि खाना खुवाएर आमाहरुको सेवा गरिरहेका देखिन्छ ।
जस्तोसकुै कठिनाईहरु आइपर्दा पनि कुनै पनि हालतमा नहार्ने ढृढ विश्वास लिएका उनले त्यहाँ आश्रित भएर बसिरहेका आमाहरुको कथा सुन्दा बररर आँशु झार्ने गर्दछिन् । सबैको कहानीभित्र एउटा दुःखद बिगतले सताइरहेको सम्झिँदा आमाको मन कसैले पनि नदुखाओस् भन्ने सबैलाई अनुरोध गर्दछिन् ।
९ महिना पेटभित्र राखेको आमालाई त्याग्नु भनेको जगन्य अपराध भएको हुन ठान्छिन् र कसैलाई पनि यस्तो दुष्कर्म नगर्न अनुरोध गर्दछिन् । मन परेको प्रमीकालाई आफुले गरेको जस्तै त्यस्तै आफ्नो जन्म दिने आमालाई पनि त्यस्तै माया गर्न कोही पनि नचुकोस् भन्ने उनी सबैलाई आगंह समेत गर्दछिन् ।
साथै सबैले प्रेमका साथ उनको आमाको घरमा आएर आफ्नै आँखाले सबै अवलोकन गरेर उनीहरुलाई सहयोगको हात अगाडी बढाउन अनुरोध गर्दछिन् । आमा तपाईको यस साहसिक र सहयोगी भावनलाई नेपालकुरा सलामा गर्दछ ।
भिडियो :