रियलले इबरलाई २-० गोल अन्तरले हरायाे


Yukta

काठमाडौं । शनिबार राति भएको स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । खेलमा रियलले इबरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा मार्को एसेन्सियो र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको ४१ औं मिनेटमा एसेन्सियोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए । जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २९ खेलमा ६३ अंक जोडेको छ ।