ला लिगा फुटबल : सेभिल्लाद्वारा एथ्लेटिको मड्रिड १–० ले पराजित


Yukta

काठमाडौँ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ । एट्लेटिकोले सेभियासँग १–० को हार बेहोरेको हो ।

सेभिल्लाको जितमा डिफेन्डर मार्कोस एकुनाले ७०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पराजित भएसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडको दोस्रो र तेस्रो स्थानमा रहेका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी कम भएको छ ।

एथ्लेटिकोको २९ खेलबाट ६६ छ । दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।

जितसँगै सेभिल्ला २९ खेलमा ५८ अंकसहित चौथो स्थानमा छ ।