जब अचानक एउटा हरिण कुदिरहेको स्कूलबसभित्र सिसा फोडी भित्र पस्यो… (भिडियोसहित)


Yukta

एजेन्सी । कहिलेकाँही जीवनमा यस्तो घटना हुन्छ जुन विश्वास गर्नै गाह्रो हुन्छ । कयौँपटक आश्चर्यजनक चीजहरू क्यामरामा कैद भइरहेको हुन्छ । यदि तिनीहरू क्यामेरामा कैद नभएका भए तिनीहरूलाई सजिलै विश्वास गर्न गाह्रो हुन्थ्यो । यस्तै एउटा घटना अमेरिकाको एउटा स्कूल बसमा रेकर्ड गरियो जुन विश्वास गर्न गाह्रो थियो ।
त्यहाँ एउटा स्कूल बसले बच्चाहरूलाई लिएर गइरहेको थियो, तब एउटा द्रुतगतिमा आइरहेको हिरणले अचानक बसको अगाडिको गिलास फुटाएर बसमा छिर्दै सिटमा सुतिरहेको बच्चाहरुलाई तर्साउन पुग्यो । बस अगाडीको सिसा फुटाएर हिरण छिर्ने बित्तिकै चालक छक्क परे र सतर्क भइहाले । उनले तुरुन्तै बस रोके र ढोका खोले जसले गर्दा हिरण केही समयमै बसबाट बाहिर निस्कियो ।
यो घटना अमेरिकाको केस पोभटान काउन्टी, भर्जिनियाको हो । धन्दै हरिणले सुतिरहेका बच्चाहरुलाई केही हानि गर्न भ्याएन । यदि ड्राइभरले बेलैमा आफ्नो चलाखी अपनाएर ढोका खोलेर हरिणलाई बाहिर नपठाएको भए त्यहाँ ठूलो दुर्घटना हुने सम्भावना हुन्थ्यो । यस बस ड्राइभरलाई हाम्रो सलाम छ ।