ब्रिटिश गोर्खाले पुनः आन्दोलन गर्ने


Yukta

काठमाडौं । ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती र नेपाली नागरिकबीच भइरहेको भेदभावकाविरुद्ध पुनः आन्दोलन चर्काउने समितिले जनाएको छ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त समिति युकेले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी
विभेदकारी मुद्दा सँधैको लागि समाधान गर्न नेपाल र ब्रिटिश सरकारको ध्यानाकर्षण गराएको छ ।

आगामी मे महिनाको शुरुमै बेलायती सरकारलाई अल्टिमेटम पत्र जाहेर गर्ने र तोकिएको मितिभित्र सकारात्मक जवाफ नआए जुन महिनाको शुरुमा अन्तर्राष्ट्रिय कानूनविदको सम्मेलन गर्ने र जुलाईको पहिलो हप्ताबाट रिले भोक हड्ताल गर्ने समिति सचिव पुष्पा राना घलेले बताइन् ।

त्यसपछि पनि आफूहरुका मागहरुको सुनुवाई नभए अर्को बृहत सत्याग्रह गर्ने र अन्तर्राष्ट्रिय निकायमा मुद्दा दायर गर्न बाध्य हुने उनले बताइन् ।