‘आहा रारा गोल्ड कप’ : संकटा सेमिफाइनलमा प्रवेश


Yukta

पोखरा । ‘आहा रारा गोल्ड कप’ प्रतियोगितामा मनाङ–मस्र्याङ्दीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरामा जारी १९ औ संस्करणको सोमबार पोखरा रंगशालामा भएको क्वाटरफाइनल खेलमा संकटाले मनाङलाई १–० गोलले जितेको हो ।

संकटाको जितमा विदेशी खेलाडी फोफोनाले ४४ आंै मिनेटमा निर्णायक गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने आयोजक सहारा क्लबले जनाएको छ ।