बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लियो


Yukta

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

२९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ । यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ ।

बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले ९०औँ मिनेमा गरेको गोल नै निर्णायक भयो । पराजित भालाडोलिड २७ अंकसहित १६औँ स्थानमा छ ।