कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा


Yukta

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन्।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिएका हुन् ।

अहिले एमाले संसदीय दलको वैठक जारी रहेको छ । कूल ४० सांसद रहेको कर्णाली प्रदेश सभामा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा परेको छ। माओवादी केन्द्रको एक सांसद एमालेतर्फ लागेपछि अहिले उसँग जम्मा १२ सांसद छन्।