कट्रिनालाई कोरोना पुष्टि


Yukta

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् कट्रिनाले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेकी छन्। हाल उनी होम आइसोलेसनमा छन्।