बादललाई गृहमन्त्री बनाएर गल्ती गरे : प्रचण्ड


Yukta

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् ।

मंगलबार रुकुमको खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री बनाएर गरेको बताएका हुन् ।

प्रचण्डले भने, ‘संविधानसभाको निर्वाचन २०७० सालमा ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएँ, सायद गल्ती गरेँ,’ उनले भने, ‘जनआधार नभएकालाई स्थायी कमिटी बनाएँ । ती अहिले बिकाउ माल भए ।’

यस्तै केही पनि आधार नभएका मणि थापालाई स्थायी समितिमा लैजानु गल्ती भएको बताएका छन् ।
उनले दुःखसुखमा साथ दिन जनता छाडेर अन्य पार्टी र देशीविदेशीसँग लागेको र त्यसैका कारण पार्टी कमजोर बन्न पुगेको भन्दै आत्मालोचना समेत गरे।