बढ्यो सुनको मूल्य, कति छ आजको मूल्य ?


Yukta

काठमाडौं । आज नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।