जब कागले सिकायो फोहोर डस्टबिनमा फाल्नुपर्छ भनेर…. (रोचक भिडियो)


Yukta

काठमाडौँ । संसारमा फोहोरको थुप्रो जताततै देखिन्छ । जता गएपनि मानिसहरुले फोहोर गरिहाल्छन् । त्यसमा पनि फोहोरलाई सही ठाउँ वा डस्टबिनमा नफाल्दा यसले दर्घन्धका साथै रोग पनि निम्त्याउँछ । तर पढेलेखेका भनाउँदाहरु पनि फोहोरलाई सडकमा जताततै मिल्काइरहेको देखिन्छ । उनीहरुको सभ्यता गुमिरहेको यस्तो अवस्थामा एउटा कागले फोहोर डस्टबिनमा फाल्नैपर्छ भनेर गतिलो पाठ सिकाएका छन् । कागको यस्तो सभ्यताको भिडियोले अहिले सामाजिक संजाल तातिरहेको छ ।
यो भिडियो भारतीय वन सेवामा कार्यरत सुशांत नन्दले आफ्नो ट्विटर खातामा साझा गरेका छन् । भिडियोमा देख्न सकिन्छ कि एक समझदार कागले कसरी डस्टबिन वरिपरि रहेको फोहोरलाई आफ्नो चोंचद्धारा उठाउँदै रद्दी टोकरीमा फ्याँकदैछन् । कागभित्रको यस्तो बुद्धिमत्ता देखेर मानिसहरु त्यस कागलाई धन्यवाद् दिइरहेका छन् । हामी पनि समाजमा राम्रो पाठ सिकाउने यस कागलाई सलाम गर्दछौँ ।
भिडियो :