गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा


Yukta

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा राजीनामा बुझाएका हुन् ।

माओवादी संसदीयदलका नेतासमेत रहेका चुमानले आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।

आज माओवादीको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आफूहरु दुवैजनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाएको चुमानले बताए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ र माओवादी केन्द्रका १२ सांसद छन्। माओवादीले समर्थन लिएको खण्डमा एमाले एक्लैको बहुमत नपुगे पनि उसले राष्ट्रिय जनमोर्चालाई साथमा लिएमा सरकार जोगिन्छ। गण्डकीमा राजमोका ३ सांसद रहेका छन्।

गण्डकीमा नेपाली कांग्रेसका १५ र जनता समाजवादीका २ सांसद छन्।