फोर्ब्सको अर्बपति सूचीमा विनोद चोधरीको स्थान खस्किदै २१४१ स्थानमा पुग्यो


Yukta

काठमाडौं । फोर्ब्सको अर्बपति सूचीमा रहेका विनोद चौधरी यसपाली खस्किएका छन्। अघिल्लो वर्ष १५१३ स्थानमा रहेका चौधरी यसपाली खस्किदै २१४१ स्थानमा पुगेका हुन् । फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार अप्रिल ६ सम्म उनको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ।

सीजी कर्प ग्लोबलका प्रमुख चौधरीको धेरै सम्पत्ति नबिल बैंक र सीजी फुड (वाइवाइ चाउचाउ)मा रहेको छ। वाइवाइको उत्पादन भारत, सर्बिया, बंगलादेशमा हुन्छ भने इजिप्टमा पनि उत्पादनका लागि संरचना निर्माण भइरहेको छ।

यसबाहेक १ सय ३५ वटा सीजीका होटलमा पनि उनको लगानी छ। भारतको ताज होटल चेनअन्तर्गत चौधरीको विलासी होटल समेत छन्।

उनको व्यवसाय नेपालमा छोरा निर्वाण चौधरीले हेर्छन् भने अरु छोराहरु राहुल र वरुणले विदेशमा हेर्छन्। निर्वाण र राहुल सीजी ग्रुपका मेनेजिङ डाइरेक्टर हुन्।