पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना पुष्टि


Yukta

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल दिएको जानकारी अनुसार चार हजार एक सय पीसीआर परीक्षण गर्दा २९८ जनामा कोरोना पोजिटिभ देखिएको हो । यसैगरी एक हजार ४० एन्टिजेन परीक्षण गर्दा ४१ जना संक्रमित पुष्टि भएका हुन्।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा १६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा ७४ जना निको भएर घर फर्किएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार २०१ छ भने ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन्।