प्युठानमा गोठमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु


Yukta

रुपन्देही । प्युठानमा आगलागी हुँदा २ बालबालिकाको जलेर मृत्यु भएको छ । गौमुखी गाउँपालिका–३ रजवारामा आफ्नै गोठमा आगलागी भएपछि भाग्न नसक्दा दाजु बहिनीको जलेर मृत्यु भएको हो । स्थानीय रिमबहादुर (रमेश) रानाको गोठमा भएको आगलागीमा परेर उनका सात वर्षीय छोरा हिमाल राना र २ वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुवा पोखरामा काम गर्नका लागि गएका र आमा घाँस काट्न गएको समयमा भएको आगलागीबाट गोठमा भएका सबै गाईवस्तु स्थानीयको पहलमा भगाउनसके पनि दुवै बच्चालाई भने बचाउन नसकेको हो ।