म्यानमारका नागरिकको जीवनरक्षाको माग गर्दै काठमाडौंमा प्रदर्शन


Yukta

काठमाडौं । म्यानमार (बर्मा)का नागरिकको जीवनरक्षा, शान्ति र लोकतन्त्र वहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा बुधबार साँझ साँझ काठमाडौंको बौद्धमा आँखा तथा निधारमा कालोपट्टी बाँधी मैनवत्ती बोकेर प्रदर्शन गरेका छन्।
सो प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा सहभागी थिए।

त्यसैगरी अधिकारकर्मीहरु दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जन शान्तिवादीको सहभागिता रहेको समाजले जनाएको छ।

प्रदर्शनमा सहभागीहरुले बर्माका नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लाकार्ड बोकेका थिए।