आजको मौसम ! देशका पहाडी भेगमा वर्षाको सम्भावना


Yukta

काठमाडौँ । आज देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभर स्थानीय र पश्चिमी वायुका साथै तल्लो वायु चापीय न्युन प्रणालीको प्रभाव रहँदै आएकाे छ ।

हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही केही भूभागहरुमा तुवाँलो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि मुलुकभरका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।