आज पनि काठमाडौं विश्वको सबैभन्दा बढी प्रदूषित शहरहरूको अग्रस्थानमा


Yukta

काठमाडौं । आज पनि काठमाडौं विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। हिजो दिउँसो प्रदूषणको मात्रा घातक अवस्थामा पुगेकोमा आज बिहान केही घटेको हो।

वायु प्रदूषणबारे मापन गर्ने अमेरिकी एक्यूआईले बिहीवार पनि काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बर सूचीमा राखेको छ ।

अमेरिकी एक्यूआईका अनुसार बिहीवार बिहान ७ः०५ बजेसम्म काठमाडौँको वायु प्रदुषण ९एयर क्वालिटी इन्डेक्स–एक्यूआई० २३४ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा भने केही कम हो । प्रदूषणको मात्रा २०० देखि ३०० सम्म एक्युआई पुग्नुलाई अत्यन्त अस्वस्थकर मानिन्छ। त्यसभन्दा माथिको अवस्थालाई घातक मानिन्छ।

काठमाडौँपछि भारतको नयाँ दिल्ली प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा रहेको छ । सामान्यत एक्यूआई ५० भन्दा माथि हुनुलाई राम्रो वायु मानिदैन ।

देशका विभिन्न भागमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको हो । स्वास्थ्यविद्हरुले प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या, आँखा पोल्ने, छालामा संक्रमणजस्ता विभिन्न समस्या देखिन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् ।