लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकियो 


Yukta

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । लिभरपुलले लिड्ससँग १–१ गोलको बराबरी खेल्दै अंंक बाड्न बाध्य बनेको हो ।

उक्त खेलको ३१औं मिनेटमा लिभरपुलका साडियो मानले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ८७औं मिनेटमा लिड्स युनाइटेडका डिएगो लोरेन्टेले गोल गरी बराबरीमा पुर्याए ।

खेलमा दुवै टिमबीच निकै प्रतिस्पर्धा भएको थियो । बराबरीसँगै छैटौ स्थानमा रहेको लिभरपुलको ३२ खेलबाट ५३ अंक रहेको छ । यस्तै लिड्स ३२ खेलबाट ४६ अंकसहित १० औं स्थानमा छ ।