चैते अष्टमीको अवसरमा सार्वजनिक बिदा


Cosmic

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा मंगलवार चैते अष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ । चैते शुक्ल अष्टमीका दिन मनाइँदै आएको चैते अष्टमी पर्वका अवसरमा गाउँपालिकाले मंगलवार सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले वैशाख ५ गते गाउँ कार्यपालिकाले गरेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको बताए ।

रोकायाका अनुसार गाउँपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नेपालमा पुनः फैलिएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नाका साथै सामाजिक दूरी कायम गरी भीडभाडमा नजान समेत आग्रह गरेको छ । – रासस