कतारी रियाल चलनचल्तीबाट हटाइने, बैशाख २७ भित्र नोट सटही गरिसक्न राष्ट्र बैंकको अपिल


Yukta

  • 14
    Shares

काठमाडौं । आगामी जुलाई १ बाट कतारी रियाल बैंक नोटहरु चलनचल्तीबाट हटाइने भएको छ। कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्कारका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरेको हो।

हालै मात्र कतारी केन्द्रीय बैंकले यस्तो निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले जति सक्दो चाँढो आफुसँग भएको रियाल सटही गरिसक्न आम नेपालीहरुमा सार्वजनिक अपिल गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कतारी रियाल भएका नेपालीले आगामी बैशाख २७ गते भित्र सटही गरिसक्न आग्रह गरेको हो ।