नेपालमा बनेको इलेक्ट्रीक मोटरसाइकल भोलि होटल हायातमा ग्राहकलाई टेष्ट ड्राइभ गराइने


Yukta

काठमाडौं । नेपालमा बनेको इलेक्ट्रीक मोटरसाइकल भोलि ग्राहकलाई टेष्ट ड्राइभ गराइने भएको छ । युवा इन्जिनियरको टिमले निर्माण गरेको मोटरसाइकलको टेष्ट ड्राइभ कार्यक्रम होटल हायातमा आयोजना गर्न लागिएको हो ।

कम्पनीले सिमित मात्र संख्यामा मात्र सहभागी गराएर उक्त कार्यक्रम गर्ने जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा ५० जनाले मात्र टेष्ट ड्राइभ गर्न पाउने छन् । त्यसको लागि कम्पनीले आफ्नो वेभसाइटबाट अनलाइन रजिष्ट्रेन लिइसकेको छ ।

यात्री कम्पनीले उत्पादन गर्ने मोटरसाइकल अर्को हप्ता नेपालमा सार्वजनिक हुँदैछ । कम्पनीले सन् २०१९ मा ‘पी-०’ मोडलको प्रोटोटाइप सार्वजनिक गरेको थियो । कम्पनीले अहिले अर्को मोडल ‘पी-१’ को समेत निर्माण गरिसकेको छ ।

अप्रिल २३ मा सार्वजनिक गर्ने मिति तय भएको यात्री पी-० सँगै कम्पनीले अर्को एड्भेञ्चर मोडल पी-१ पनि ल्याउन ल्याउन लागेको हो । भोलि टेष्ट ड्राइभ गर्नेहरुले दुबै मोडलको चलाउन पाउने छन् ।

कम्पनीले केहि दिनअघि सार्वजनिक गरेको ड्यूल स्पोट्स मोडलको भिडियोमा निकै आकर्षक र एड्भेञ्चर फिल गर्न सकिने देखिएको थियो । यो मोटरसाइकल कस्तो छ र यसका सम्पूर्ण फिचरको विषयमा अर्को हप्ता मात्रै थाहा हुनेछ । मेरोअटो