पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण


Yukta

काठमाडौं । कोरोना भाइरसले अहिले नेपालमा पनि उग्ररुप लिइरहेको छ । यस्तैमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ । अहिले उनीहरु आइसोलेसनमा बसेका छन् ।