नेपालकी ‘जलपरी’ गौरिका फोर्ब्सको ३० प्रभावशाली व्यक्तिको सूचीमा


नेपाल कुरा

  • 7
    Shares

काठमाडौं । ३० वर्ष मुनिका एसियाली महादेशका सर्वोत्कृष्ट ३० बिलक्षण प्रतिभावान किशोरीको फोर्ब्स सूचीमा नेपाली पौडीबाज गौरीका सिंह परेकी छन् ।

कोरोनाभाइरस महामारीको मध्यमा पनि आशावादी र प्रेरणाका स्रोत बनेको भन्दै म्यागजिनले सूची तयार पारेको हो । दुई हजार ५०० जनाको मनोनयन मध्येबाट उत्कृष्ट ३० छानिएको फोर्ब्सले जनाएको छ ।

१८ वर्षिया सिंहले ९ वर्षको उमेरदेखि पौडन थालेको र १२ वर्षको उमेरमा देशका लागि अन्तर्राष्ट्रिय खेलमा सहभागि भएको फोर्ब्सले जनाएको छ ।

सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, दुई रजत र तीन काँस्य जितेको समेत उल्लेख छ ।