कतार जाने नेपालीले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने


नेपाल कुरा

  • 9
    Shares

काठमाडौं । नेपालबाट कतार जाने व्यक्तिले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार नेपालसहितका दक्षिण एसियाली मुलुकबाट कतार जाने व्यक्ति अब अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट जाने यात्रु क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । यो नियम अप्रिल २९ देखि लागु हुने दोहास्थित नेपाली दूतावासले जनाएको छ ।