कोरोनाभाइरसः नाईट शिफ्टका कामदारहरू तीन गुणा बढी अस्पतालमा भर्ना हुने खतरा-अध्ययन


Yukta

लन्डन । तपाईं नाईट शिफ्टमा काम गर्नुहुन्छ? यदि हो भने त्यसोभए यो समाचार तपाईंको लागि हुनसक्छ । एक नयाँ अनुसन्धानका अनुसार नाइट शिफ्टमा काम गर्ने मानिसहरूमा कोरोनाको जोखिम बढी हुने देखिएको छ । त्यो पनि तीन गुणा बढी । यो अनुसन्धान म्यानचेस्टर विश्वविद्यालयका विज्ञहरूले गरेका हुन् ।
म्यान्चेस्टर युनिभर्सिटीका विज्ञहरूका अनुसार रातको शिफ्टमा काम गर्ने मानिसहरू कोरोना भाइरसको सिकार भएपछि बढी जोखिममा पर्ने गर्दछन् । किनभने तिनीहरूको जीवनशैली असंतुलित हुने गर्दछ । यहि कारणले उनीहरूको प्रतिरक्षा प्रणाली पनि निकै कमजोर हुने गर्दछ । यही कारण हो कि ती व्यक्तिहरू बढी जोखिममा हुने गर्दछन् ।
इङल्याण्डमा करिब ८० लाख मानिसहरू शिफ्टमा काम गर्ने गर्छन् । जसको समय फरक फरक हुने गर्दछ । यस्तो अवस्थामा यी व्यक्तिहरूमा बढी खतरा हुने गर्दछ । त्यहीँ अमेरिका जस्ता देशमा पनि करिब २० प्रतिशत मानिस शिफ्टमा काम गर्ने कारण जोखिममा छन् ।
अध्ययनको क्रममा, यो कुरा पत्ता लागेको छ कि जो मानिसहरू सामान्य समयमा काम गर्दछन् अर्थात् ९ देखि ५ शिफ्टमा काम गर्छन्, तिनीहरू अरुभन्दा बढी खुशी हुनुको साथै शारीरिक र मानसिक रूपमा पनि बलिया हुने गर्दछन् । यस्तैमा तीनीहरु कोरोना संक्रमणको चपेटामा परे पनि तुलनात्मक रूपमा बढी सुरक्षित हुने गर्दछन् ।
डेलीमेलको समाचार अनुसार यो अध्ययनको रिपोर्ट थोरक्स पत्रिकामा प्रकाशित भएको हो । अक्सफोर्ड विश्वविद्यालय र वेस्टइन्डिजका विज्ञहरूले पनि यस अध्ययनमा भाग लिएका थिए । यस अध्ययनलाई नेपालमा पनि गम्भीर ध्यान दिन जरुरी छ किनभने धेरैजसो सेवा क्षेत्रमा विशेषगरी आईटी क्षेत्रमा नाइट शिफ्टको चलन बढ्दै गइरहेको छ । एजेन्सीको सहयोगमा