राजस्थानलाई हरायो मुम्बईले


नेपाल कुरा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स विजयी भएको छ । बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १७२ रन बनायो । मुम्बईका लागि क्विन्टन डी ककले ७० रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ७० रन बनाए । त्यस्तै कुर्नाल पाड्याले ३९ रन बनाउँदा सुर्यकुमार यादव र केइरन पोलार्डले समान १६ रन तथा कप्तान रोहित शर्माले १४ रन बनाए ।

बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानले एक विकेट लिए । ‍यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७१ रन बनायो । राजस्थानका लागि कप्तान सन्जु श्यामसनले सर्वाधिक ४२ रनको योगदान गरे । २७ बल खेलेका उनले ५ चौका प्रहार गरे ।
त्यस्तै जोस बट्लरले ४१ रन जोडे । ३२ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । शिभम डुबेले ३५ रनको योगदा गरे ।

बलिङतर्फ मुम्बईका लागि राहुल चहारले २ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ट र जस्प्रित भुम्राहाले समान एक–एक विकेट लिए ।